भुजुङमा हनि हन्टिङ, अहिलेसम्मकै ठूलो समुहद्वारा अवलोकन

लमजुङ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँ पुगेको एक समूहले हनी हन्टिङको अवलोकन गरेको छ ।

नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङका लागि लमजुङ पुगेका थिए ।

बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको अवलोकन गरेको हो । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ पुगेका उनीहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हनि हन्टिङको आयोजना गरिएको आयोजक स्पार्क एड्भेन्चर प्रालिले जनाएको छ ।

‘स्पार्क एडभेन्चर २०२२’ मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक ९सिते बा०, तेक्वान्दो खेलाडी दीपक विष्ट, डा लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने, भीर मह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने र २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker