तीन वर्षीया बालिका सहित तनहुँमा २७ जना नयाँ कोरोना संक्रमित थपिए
भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आज ३ वर्षीया बालिका सहित २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा जिल्लाको व्यास नगरपालिकमा एक जना सुरक्षाकर्मी सहित १६ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना र बन्दीपुर गाउँपालिकामा ३ वर्षीया बालिका सहित ५ जनामा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बन्दीपुर गाउँपालिका-१ का ४२ र १८ वर्षीया पुरुष, २२ र ३ वर्षीया महिला, वडा नं. २ की २३ वर्षीया महिलामा संक्रमण देखिएको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिका-४ का ३२ वर्षीय पुरुष, वडा नं. ५ का ३२ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं. ६ का ४१ वर्षीय पुरुष, वडा नं. ८ २३ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखराकै प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिका-१ का ३७ वर्षीय पुरुष, वडा नं. २ का ५३ र १२ वर्षीय पुरुष, वडा नं. ४ २७ वर्षीय पुरुष, वडा नं. ५ का २८ वर्षीय पुरुष, वडा नं. १० का ३४ र ८ वर्षका पुरुष, २८ र ४० वर्षका महिला, वडा नं. ८ का २५ वर्षका पुरुष र नेपाल प्रहरीमा कार्यरत ३८ वर्ष पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यी संक्रमित मध्ये व्यास-१ का ३७ वर्षीय, ५ का २८ वर्षीय, ८ का २५ वर्षीय, १० का ३४, २८, ८ र ४० वर्षका संक्रमितहरु क्वारेन्टिनबाट नमूना संकलन गरिएको र अन्य सबै कन्ट्याक्ट ट्रसिंगबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास-२ का ४२ र ५९ उमेर समुहका, व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीया महिला र व्यास-४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।










