बन्दिपुरका १५ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको बन्दिपुर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले मंगलबारबाट मुकुन्देश्वरी रामकोट साइकल लेन मर्मत तथा निर्माण कार्यमा १५ जनालाई रोजगारीमा लगाएको छ । मुकुन्देश्वरी रामकोट साइकल लेन मर्मत तथा निर्माण रोजगार उपभोक्ता समिति वडा नं. २ भञ्ज्याङदेखि वडा नं. ३ के रापकोटसम्म मंसिर १६ गतेदेखि माघ महिनासम्म योजना सञ्चालन हुने गरी करिब ५८५ दिनको रोजगारी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए ।

गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले एक कार्यक्रमका बीच रोजागर कार्यक्रम शुभारम्भ गर्दै यो साइकल लेनमा १५ जना अति विपन्न श्रमिकहरुले कुल ५८५ दिन रोजगार प्राप्त गर्ने बताए । यस कार्यक्रम अन्तरगत साइकल लेनको विभन्न स्थानहरुमा र्साईकल पार्क, पोखरी तथा विश्राम स्थल समेत निर्माण गरिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकामा आर्थिक वर्ष२०७७/०७८ मा वडा नं. १ देखि ६ सम्म क्रमशः २९ जना, ५६ जना, ८० जना, १४ जना, ६१ जना र १२० जना लागि ३६० जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका छन् ।

सुचिकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अति विपन्न श्रमिकहरुलाइ गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तरगतका आयोजनाहरुमा परिचालन गर्दै रोजगारी प्रदान गर्ने अध्यक्ष थापाले बताए्।

बन्दिपुर गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कुल ६८ लाख २५ हजार रुपैयँ शर्सत अनुदान रकम -ज्यालामा खर्च गर्ने) विनियोजन भएको छ । गाउँपालिकाको आव २०७७/०७८ को वाषिर्क नीति, कार्यक्रम तथा बजेटमा परेका सामुदायिक पूर्वधार निर्माण र गाउँ प्रमुखसँग रोजगार कार्यक्रम अन्तरगतका योजनाहरुसँग ज्यालामा साझेदार गरी कर्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker