व्यास नगरपालिकामा सार्वजनिक बिदा
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
२७औं विश्व आदिवासी दिवसका अवसरमा नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थामा बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
यसैगरी, सामुदायिक तथा निजी शैक्षीक संस्थाहरु लगायतमा पनि नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने र कोभिड १९ विरुद्धको खोप कार्यक्रम भने सञ्चालन हुने बताइएको छ ।
दिवसका अवसरमा नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), सामुदायीक तथा नीजि शैक्षीक संस्थाहरु एवं अन्य संघ/संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय नगरपालिकाले गरेको छ ।











