घिरिङमा पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका-५ धेनुङका १२ वर्षियर् इश्वर विक रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको मंगलबार पनि खोजीकार्य गरिएको थियो ।

पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुइ भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्‍याउन आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker