गण्डकीले ल्यायो दुई अध्यादेश, घटायो करका दर

गण्डकी प्रदेश सरकारले दुई अध्यादेश ल्याएको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो ।निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पास गरिएको एक मन्त्रीले बताए ।

यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । कर घटाउने सम्बन्धी मुख्यमन्त्रीको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयबाट कर घटाइएको हो ।

यस आर्थिक वर्षमा बढाइएका सबै कर अहिले घटाइएको हो । करको दर घटाउने विषयमा अर्थमन्त्री रामजीप्रसाद बराल सहमत नभएपछि मुख्यमन्त्रीको ठाडो प्रस्ताव पारित गरेर कर घटाइएको हो ।

सवारी साधनलाई दिइएको ३३ प्रतिशत छुट परिमार्जन गर्न भने अर्थमन्त्रीले नै प्रस्ताव क्याबिनेटमा लगेका थिए । अघिल्लो आर्थिक वर्षमा दिइएको ६० प्रतिशत कर छुटलाई घटाएर अर्थमन्त्रीले अहिले ३३ प्रतिशत मात्र रहने व्यवस्था गरेका थिए ।

यातायात व्यवसायीको विरोध पछि कर छुट बढाएर ६० प्रतिशत नै कायम गरिएको हो । अरू शीर्षकका करको दर परिमार्जनका लागि भने मन्त्री बराल सहमत नभएपछि मुख्यमन्त्रीले ठाडो प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker