जुकालाई (लिच) चुसाएर उपचार गर्ने लिच थेरापी प्रभावित

जुकालाई (लिच) चुसाएर उपचार गर्ने पद्धति प्रभावित भएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो ।

गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा मण्डलले बताउनुभयो ।

लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोगमा रहेको बताइएको छ । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको हो । एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ ।

उहाँले भन्नुभयो, “एकजना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।”लिच थेरापीका माध्यमबाट तालु खुइलिने, मधुमेहका घाउ, हाइपरटेन्सन थ्रम्बोसिसलगायतका रोगको उपचार गर्न सकिन्छ ।

जुकाको ¥यालमा १०० भन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पु¥याउँछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker