दमौली अस्पताल विस्तारका लागि जग्गा प्रदान

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो ।

कृषि ज्ञान केन्द्रको दुइ रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँदै आएकोमा बल्ल यसले सार्थक रुप लिएको उनले बताए ।’अस्पतालको सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा चाहिएको थियो, अस्पतालसँगै जोडिएका दुइ सरकारी कार्यालयको जग्गा भोगचलनका लागि पाएका छौँ, उनले भने, ‘जग्गा प्राप्तिसँगै अब भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को तयारी गरेका छौ ।’

गण्डकी प्रदेश सरकारले उक्त जग्गामा भवन निर्माणका लागि डिपिआर गर्न बजेट सहयोग गरेको छ । यस पश्चात् भवन निर्माणका लागि बजेटको सुनिश्चितता हुने छ । अध्यक्ष थापाले भने, ‘जग्गा अभावकै कारण अस्पताल स्तरोन्निति हुन सकेको थिएन, जग्गा पायौ अब अस्पताल स्तरोन्नति हुने आशा पलाएको छ ।’ अस्पताल विस्तार भएपछि तनहुँका अलवा छिमेकी जिल्लाका सर्वसाधारणले पनि सेवा पाउनेछन् । नयाँ निर्माण हुने भवनमा आँखा उपचार केन्द्र पनि बनाउने तयारी गरिएको छ । प्रदेश सरकारले दमौलीमा गोबर्द्धन शर्मा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । पन्ध्र शय्या क्षमताको अस्पतालले हाल ५० शय्याको सुविधा दिइरहेको छ ।

अस्पतालको सिमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले स्वीकृत शय्याभन्दा बढी क्षमतामा सेवा दिइरहेको छ । अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’ सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, ‘एनेस्थेसिया’ सेवा, भेन्टिलेटर सहित ‘आईसियू’ कक्ष, अत्याधुनिक प्रयोगशाला सेवा, ‘डिजिटल एक्सरे’, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुइ तह भएका दुइ ‘मर्चरी चेम्बर’को पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालले आकस्मिक सेवा, औषधि, ‘एआरटी’, ‘ल्याव्रोटोरी’, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker