तनहुँ प्रहरीद्वारा फरार प्रतिबादी पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले बिभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यानका तीन र रहजनी चोरी मुद्दाका एक गरी चार जनालाई पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा फरार म्याग्दे गाउँपालिका-२ सेराफाँट निवासी २५ बर्षीय उत्तम श्रेष्ठ, सोही स्थान निवासीद्वय २२ बर्षीय संजोग गुरुङ र २२ बर्षीय सुदिप श्रेष्ठ भन्ने हिमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतको वि.सं. २०७७ मंसिर १६ गतेको फैसलाले दुइ महिना दुइ दिन कैद र तीन हजार रुपैयाँ जरिवाना तोकेको थियो। कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिबादीलाई तनहुँ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी गराए ।
कर्तव्य ज्यान मुद्दामा सोही वडा निवासी गुरुङलाई एक महिना २९ दिन कैद र तीन हजार रुपैयाँ जरिवाना, सुदिप श्रेष्ठ भन्ने हिमलाल श्रेष्ठलाई दुइ महिना सत्र दिन कैद र तीन हजार रुपैयाँ जरिवाना तोकेपछि निजहरु फरार भएका थिए ।
यस्तै, रहजनी चोरी मुद्दामा व्यास नगरपालिका-२ निवासी २६ बर्षीय मेगसिं गुरुङलाई पक्राउ गरिएको छ । जिल्ला अदालतको बि.सं. २०७३ बैशाख १७ गतेको फैसलाले एक महिना ६ दिन कैद रतेह्र हजार ९९२ रुपैयाँ जरिवान तोकेपछि निज फरार हुँदै आएका थिए । तनहुँ प्रहरी विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ अभियान चलाएको छ ।










