हिमालसंग टिकटक

हिमाललाई पृष्ठभूमिमा राखेर टिकटक बनाउँदै आन्तरिक पर्यटकहरु । कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित अष्ट्रेलियन क्याम्प (ठुलाखर्का) लुम्लेमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । प्रायः वाह्य पर्यटकले भरिभराउ रहने यहाँ कोरोना कहरका कारण दुइ वर्षदेखि वाह्य पर्यटक नआएपनि अहिले आन्तरिक पर्यटकको आगामनले उत्साहित बनाएको स्थानीय होटल व्यवसायी ध्रुव देवकोटा बताउँछन् ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










