मुख्यमन्त्री पोखरेलद्वारा पुनःनिर्मित अकलादेवी मन्दिरको उद्घाटन

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका-३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको शनिबार उद्घाटन गर्नुभएको छ । अकलादेवी मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरेको मन्दिरको उहाँले उद्घाटन गर्नुभएको हो ।

सोअवसरमा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनले गण्डकी प्रदेशको समृद्धिमा योगदान दिन सक्ने बताउनुभयो । प्रदेशभित्र रहेका धार्मिकस्थलको प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जगतगुरु शंकराचार्य, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतले अकलादेवी मन्दिरको धार्मिक महत्वबारे प्रकाश पार्नुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले मन्दिरमा पूजाअर्चना समेत गर्नुभएको छ ।

विसं २०७६ वैशाख १६ गतेदेखि पुनःनिर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिनुभयो । रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ ।

छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताउनुभयो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ । यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताउनुभयो । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ । मन्दिर पुनःनिर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड संकलन गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले आजै म्याग्दे-१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । योङ लिभिङ फाउण्डेशनमा निर्माण सम्पनन दुइ भवनको मुख्यमन्त्री उहाँले उद्घाटन गर्नुभएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker