पार्टी फुटको कुनै औचित्य छैन : एमाले नेता गुरुङ

भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी -एमाले)का स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी फुटको कुनै औचित्य नभएको बताएका छन् । एमाले तनहुँको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले एमाले छाडेर जानेहरु चाडै नै फर्केर मुलधारमा आउने समेत बताए। ‘विचार र कार्यनीतिमा कुनै असमानता नभए पनि फगत सत्ता र शक्तिका लागि पार्टी नै विभाजन गरेर जानु देश र कम्युनिष्ट आन्दोलनका लागि नै घातक हो’, उनले भने, ‘पार्टी फुटको कुनै औचित्य नभएको र क्रान्तिकारिता केही समयपछि देखिने छ ।’

बिगतमा विचार र कार्यदिशामा फरक भएर एमाले विभाजन हुँदाको स्मरण गर्दै नेता गुरुङले पार्टी फुटको कुनै अस्तित्व नभएको दाबी गरे । संवैधानिक व्यवस्थालाई लत्याउदै अनुकुल अध्यादेश ल्याई पार्टी विभाजनको मतियार देउवा सरकार भएको समेत आरोप लगाए।

बैठकमा वैकल्पिक पोलिटव्युरो सदस्य एवं प्रदेश कमिटी अध्यक्ष जगत विश्वकर्माले देशीविदेशी शक्तिले कम्युनिष्ट एकता नचाहेको सन्दर्भमा पार्टीको वरिष्ठ नेता माधव कुमार नेपाल त्यसको मतियार बनेको बताए । पार्टी र सरकार स्वभाविक रुपमा चलिरहेको सन्दर्भमा शक्ति र सत्ताका लागि सरकार असफल वनाउन मात्र लागेको पनि उनले आरोप लगाए।

नेकपा -एमाले) को केन्द्रीय सदस्य एकवहादुर रानाले पार्टी फुटालेर जानेहरुलाई जनताले माफी नदिने भन्दै पार्टीभित्र वहस स्वभाविक भएता पनि बिखण्डनमा नै उन्मुख हुँदा जनतामा नैराश्यता छाएको बताए ।

यसैगरि कार्यक्रमका अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य केदार सिग्देलले पार्टी फुट जनताको चाहना विपरित भएको बताए । लामो समयसम्म एमालेमा रहेर राज्यको नेतृत्वसम्ममा रहिरहेको नेताहरुले कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गरेको बताए । एमाले तनहुँका नेता कार्यकर्ताहरु एकढिक्का भएको तर लोभी, पापी र स्वार्थी केही तत्वहरु समाजवादी चोईटो तर्फगएको बताए ।

एमालेबाट चोईटिएर जानेहरु जनताबाट तिरस्कृत हुने भन्दै अध्यक्ष सिग्देलले पार्टी मुख्य कुरा हो, व्यक्तिको फेरो समातेर वैतरणी नतरिने र विखण्डन हामीले भोगिसकेका छौ, त्यसको परिणाम पनि भोगिसकेकाले कम्युनिष्ट पार्टीहरु एकजुट भएर देश र समाज निर्माणमा लाग्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य दधिराज सुवेदी, केन्द्रीय सल्लाहकार समिति सदस्य टुकराज सिग्देल, गण्डकी प्रदेश सदस्य राम वहादुर गुरुङ्ग, प्रदेश कमिटी सदस्य नारायण खनाल, पार्टी सचिव भगवती न्यौपाने, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker