मुख्यमन्त्री भागवण्डा : चार प्रदेशमा एकल नेतृत्व, बाँकीमा आलोपालो

काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।

बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो हुनेछ । यो सहमतिअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ भने सभामुख राप्रपाले पाउनेछ । एमालेले उपसभामुख लिने सहमति शीर्ष तहमा जुटेको छ ।

सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker