अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरे

अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।

म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ ।

भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उहाँले बताउनुभयो । कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो ।

उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । उहाँले भन्नुभयो, “गतवर्ष काठमाडौँमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउनभन्दा पत्याएनन् । अहिले धेरै क्षति ब्यहोर्नुपर्ने खतरा देखिइएको छ ।”

सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ। भीमाद नगरपालिकाका कृषक थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएकाले जिल्लाका कृषकलाई उच्च सतर्कता अपनाउन केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान कार्यलाई तीव्र छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “यस रोगले बङ्गुर मरेर सकिन्छ होला भन्ने चिन्ता थपिएको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker