तनहुँ सेवा समाज युएइले मनायो पाँचौं वार्षिकोत्सव, वृद्धा आश्रम सहयोगार्थ तीज कार्यक्रम

भञ्ज्याङन्यूज

तनहुँ सेवा समाज युएइले पाँचौ वार्षिकोत्सव मनाएको छ । वाषिर्कोत्सवका अवसरमा समाजले दुबइको बरदुबाइमा विविध कार्यक्रम गरेको छ ।

समाजले वृद्धा आश्रम सहयोगार्थ तीज विषय कार्यक्रम २०२३ गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीज तथा संस्थाको पाँचौ वार्षिकोत्सव पारेर संस्थाले नेपालदेखि कलाकारहरु लोक दोहोरी गायिका सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, लोक दोहोरी गायक वसन्त विश्वकर्मा र गजलकार एवं गायक राज सिग्देल लगायतलाई लगेर तीज बिशेष कार्यक्रम गरेको छ ।

तनहुँ सेवा समाज युएइका अध्यक्ष सुदिप कार्की अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका प्रमुख संरक्षक दिपक खड्काले रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भई विदेशमा रहेपनि नेपाली संस्कार, संस्कृतिको संरक्षणमा ध्यानदिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल एसोसिएसन-एनआरएनए एनसिसि युएइका अध्यक्ष विकास शाही, नेपाली समाज युएइका उपाध्यक्ष रमेश खनाल, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व उपसंयोजक राजु केसी, नेपाली जनप्रगतिशिल मञ्च युएइका अध्यक्ष बाबुराम बिस्वकर्मा, नेपाली जनसर्म्पर्क समिति युएइका सभापति भुवानि प्रसाद तिमिल्सिना, प्रबासि नेपाली मञ्च युएइका अध्यक्ष एवं समाजका सल्लाहकार टक गुरुङ, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य खेमराज बस्नेत, नेपाल आदिवासी जनजाति महासंघ युएइका अध्यक्ष बिक्रम लिम्बु, आइयनएयस शाखा युएइका अध्यक्ष एमडी बोहरा, बिजनेस काउन्सील युएइका कोषाध्यक्ष एवं नमस्ते ट्राभल्सका संचालक एकेन्द्र थापा लागायतले शुभकामना मन्तव्य व्यक्त गरेको संस्थाका महासचिव सुरिन भुजेलले जानकारी गराए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीमती कल्पना रिमालले सहभागिलाई स्वागत र कार्यक्रम संयोजक राजु तिमल्सिनाले कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

उक्त अवसरमा कार्यक्रम प्रायोजक, सहयोगि, खेलाडीहरुलाई सम्मान गरिएको थियो । यस कार्यक्रमबाट भएको मुनाफाबाट तनहुँ जिल्लामा अवस्थित ज्येष्ठ नागरिक वृद्ध आश्रमलाई सहयोग गरिने समाजका गणेश बस्नेतले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker