पत्रकार कल्याणकारी कोषमा गुरुङद्वारा आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-४ स्थायी घर भई हाल अमेरीकाको न्यूयोर्क निवासी सुवास गुरुङले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम प्रदान गरेका छन् ।
गुरुङले कोषका लागि १० हजार ५५५ रुपयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार सहयोग रकम हस्तान्तरण गर्दै गुरुङले जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताए । कोषमा हालसम्म करिब एक लाख रुपयाँ बढि संकलन भएको तनहुँ शाखाले जनाएको छ।










