आदिकवि भानुभक्त क्याम्पसमा अक्षय छात्रवृत्ति कोष स्थापना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा अक्षय छात्रवृत्ति कोष स्थापना गरिएको छ । शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह चौथो वर्षा विज्ञान शिक्षा विषयमा अध्ययनरत विद्यार्थिहरुले आफ्नो सहकर्मी मित्र कल्पना श्रेष्ठको स्मृति दिवसको अवसरमा उक्त कोष स्थापना गरेका हुन् । सहपाठीहरूबाट संकलन गरिएको १ लाख १९ हजार ४०३ रुपैयाँको चेक कोष स्थापनाका लागि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरिएको छ । दुइ वर्ष अगाडि आफ्ना २ जना सहपाठी मित्रहरूको स्मृतिमा उक्त कोषको स्थापना गरेका हुन् । उनीहरुले उक्त कोषको नामाकरण स्वर्गीय सहपाठी कल्पना श्रेष्ठ र बुद्ध पन्थको नामवाट ‘कविता बुद्ध स्मृति विज्ञान अक्षय छात्रवृत्ति कोष’ राखेका छन् ।

दुइ वर्षअगाडि स्नातक तह प्रथम वर्षमा अध्ययनरत ब्यास-२ निवासी कविता श्रेष्ठको उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा र ब्यास-१ निवासी वुद्ध पन्थको मुग्लिन चितवन सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । स्मृति सभामा बोल्दै क्याम्पस प्रमुख हड्खलेले विद्यार्थीहरुले आफ्ना स्वर्गीय सहपाठी मित्रहरु प्रतिको प्रेम, स्नेह र सम्झनालाई अमर राख्न कल्याणकारी भावनाले अक्षय कोष खडा गरेकोमा क्याम्पसका तर्फबाट धन्यवाद दिदै क्याम्पसलाई प्रदान गरिएको उक्त रकम क्याम्पसको नाममा बैंकमा मुद्दती खाता खोली जम्मा गर्ने र त्यसबाट आउने ब्याजबाट स्नातक तहमा विज्ञान शिक्षा विषय लिई अध्ययन गर्ने जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई वर्षोनी छात्रवृत्ति प्रदान गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker