भोटेकोशी बाढी : तनहुँ क्षेत्रमा २८ शव फेला

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तनहुँ जिल्लाको आँबुखैरेनी र देवघाट क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म २८ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धारका लागि परिचालित प्रहरी टोलीले बुधबार ९ वटा शव फेला पारेको थियो। ती शवलाई गण्डकी अस्पताल पोखरामा राखिएको छ।

त्यसैगरी बिहीबार पनि खोजीका क्रममा थप १९ वटा शव फेला परेका छन्। तीमध्ये १४ वटा शव गण्डकी अस्पताल पोखरा र पाँच वटा शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँका आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकासहित नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

फेला परेका सबै शवको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव पहिचानका लागि सम्बन्धित परिवार तथा आफन्तसँग समन्वय गर्ने कार्यसमेत भइरहेको छ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार पनि निरन्तर सञ्चालन गरिनेछ। नदी तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न सक्ने भएकाले खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker