तनहुँको भानु नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको तयारीमा

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले आफ्नै पाठ्यक्रम निर्माणका लागि सम्बन्धित सरोकारवालाहरु बीच एक दिने गोष्ठी गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विहीबार स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी सरोकारवालाहरूको सहभागितामा आवश्यक छलफल तथा सुझाव संकलन गरेको हो । नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले स्थानीय पाठ्यक्रम सम्बन्धी गोष्ठीको उद्देश्य, उपादेयता, यसको निर्माण प्रक्रिया र भानुको अवस्थाका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले स्थानीय पाठ्यक्रम निर्माणको शैद्धान्तिक आधार, राष्ट्रिय तथा अन्तर्रर्ााट्रय अनुभव, यसको ढाँचा र यसमा समेटिनु पर्ने मूलभुत विषयवस्तुका विषयमा सहजिकरण गरेका थिए।

स्थानीय पाठ्यक्रम निर्माणका विषयमा सहभागिहरुले नगरपालिकाले पाठ्यक्रमको मर्म र भावना अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्ने प्रक्रियाका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए । सहभागिहरुले भानुको भौगोलिक, ऐतिहासिक तथ्य, जातीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय क्षेत्र, ग्रामीण तथा कृषि पर्यटन लगायत आर्थिक पक्ष, स्थानीय प्रविधि, मूल्य र मान्यताहरू पाठ्यक्रममा समेटिनु पर्ने सुझाव दिएका थिए ।

स्थानीय शिक्षाविद् एवं सेवा निवृत्त उपसचिव विष्णुप्रसाद मिश्रले पाठ्यक्रम निर्माणका विधि र बालबालिकामा विकास गराउनु पर्ने मूलभूत सिकाइ सक्षमताहरूका बारेमा पृष्ठपोषण दिएका थिए । उनले आवश्यकता अनुसार यस कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नगर प्रमुख गौलीले सबैको विचार, भावना र सुझावहरू समेटेर भानुको मौलिक पहिचान र विशिष्टता झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने बताए । उनले यो पहिलो चरण भएकोले यस प्रकारका छलफल र अन्तरक्रिया पुनः सञ्चालन गरिने र सबै तर्फाट यथार्थ तथ्यांक र विवरण प्राप्त भएपछि सबैको अपनत्व रहने गरी गुणस्तरीय पाठ्यक्रम बनाउने प्रतिवद्धता जनाए ।

गोष्ठीमा उपप्रमुख आशा थापा, वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, नगर शिक्षा समितिका पदाधिकारीहरू, प्रधानाध्यापक तथा शिक्षक वर्ग, भानुमा क्रियाशील शिक्षकका पेशागत संगठनका अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी शिक्षाविद् लगायतको सहभागिता रहेको थियो। नगर शिक्षा समितिबाट स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी विधिवत रूपमा तथ्यांक संकलन र लेखन कार्य अघि बढाउने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker