आदिकवि भानुभक्त क्याम्पसमा ४२ युनिट रगत संकलन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास-१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।
‘रगत दिएर मरिन्न, रगत नपाए मरिन्छ’ भन्ने मूल नारा सहित क्याम्पसको प्राङ्गणमा बिहीवार आयोजित खुला रक्तदान कार्यक्रममा आयोजना गरिएको र्सकलका सचिव सुमन खड्काले बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहमादत्त तिमिल्सेनाले पहिलो रक्तदाता बिबिएस दोस्रो बर्ष अध्ययनरत विकल श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गरे ।
क्याम्पसको ३६औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सर्कलका अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षतामा आयोजना गरिएको थियो भने क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको र्सकलका प्रथम उपध्यक्ष मिलन तामाङले बताए ।










