ओलीको योग्यता चटक देखाउने : कांग्रेस नेता पौडेल

  • भञ्ज्याङ समाचारदाता(खैरेनीटार)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको योग्यता चटक देखाउने भन्दा अरु केही नभएको बताएका छन् । संसद विघटन विरुद्ध नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ ले खैरेनीटारमा शनिबार आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेकपाका नेता प्रचण्ड, माधव नेपाल भन्दा पनि ओली सबैभन्दा ठुलो चटके भएको आरोप लगाए। देश र जनताका लागि आफु पनि केही नगर्ने र अरुलाई पनि गर्न नदिने, संसद विघटन गरेर संकट सिर्जना गर्ने, विरामीको उपचार पनि नगर्ने, खान नपाउनेलाई खान पनि नदिने, राहत दिनुपर्नेलाई राहत पनि नदिने तर सरकार छ भनेर हामीले मानिदिनु पर्ने ? उनले प्रतिप्रश्न गरे ।

नेता पौडेलले हिजोका मोहन शम्शेर र आजका केपी ओलीको सरकारमा कुनै भिन्नता नभएको बताएका छन् । हिजो मोहन शम्शेरले घरको कौशीमा बसेर त मुखियाँ, त खरदार भनेर भन्दिन्थे उनले भने, ‘आज ओलीले पनि त्यसै गरी रहनु भएको छ, आफु निकटलाई भटाभट नियुक्ति गरिरहनु भएको छ । नागरिकता नै नभएको मान्छेलाई संवैधानिक आयोगको अध्यक्ष बनाइदिनु भएको छ।’

केपी ओलीको अहंकारका कारण राम्रो सिस्टम बसाउने ठुलो मौका देशले गुमाएको भन्दै नेता पौडेलले भने, ‘एउटा खराब नेता नेतृत्वमा पुगेपछि देश कति धेरै बर्वाद हुदोरहेछ अहिले प्रष्ट भएको छ । देश वर्वाद हुनुमा संविधानको कुनै पनि कारण होइन, खराब नेतृत्वका कारण भएको हो ।’

नेता पौडेलले तनहुँ क्षेत्र नं. २ मा नेकपाबाट निर्वाचित पुर्वप्रतिनिधि सभा सदस्य केदार सिग्देललाई इंगित गर्दै तीन बर्षको अवधिमा दुइतिहाइको सांसदले भन्दा धेरै सहयोग, रोजगारी र अवसरहरु विपक्षमा रहेर पनि आफुहरुले दिएको दाबी गरे । काँग्रेसको पालामा शुरु भएर आधा सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पनि काम सम्पन्न भई सकेको छैन उनले भने भैरहवा विमानस्थल पहिल्यै धेरै काम भएको थियो, अहिले त जहाज उड्न पाउने कि नपाउने भनेर भारतसंग सम्झौता गर्नुपर्ने स्थिति बनेको छ, यो सरकारले खै के काम गर्‍यो ? गेजुवा कम्पनी नेकपाको ठेकेदार कम्पनी भएको आरोप लगाउँदै उनले भने, त्यहाँबाट उहाँहरुले प्रशस्त कमिशन खानुहुन्छ, कम्युनिष्ट सरकारले प्रशासनलाई एकलौटी बनाएको छ । ‘नेकपाले जनतालाई झुक्याएर, सपना देखाएर, गलत आश्वासन दिएर निर्वाचन जितेको हो’, नेता पौडेलले भने, ‘चुनावमा काँग्रेससंग एक्लै लड्न डराएर एमाले र माओवादी मिलेर प्रतिष्पर्धामा आएको नत्र एक्लाएक्लै आएको भए तनहुँमा शुन्य सीटमा सिमित हुने थियो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker