अनेमा संघ व्यास नगर कमिटीमा रायमाझी

भञ्ज्याङ न्यूज

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेम संघ) व्यास नगर कमिटीको अध्यक्षमा जौमाया रायमाझी चयन भएकी छन्। सोमबार सम्पन्न नगरस्तरीय भेलाले रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो । संघकी उपाध्यक्षमा कोपिला थापा, सचिवमा बिमला नेपाली, सहसचिवमा पुजा पौडेल, कोषाध्यक्षमा अजिता मियाँ चयन भएका छन् ।

उक्त भेलालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एक बहादुर रानाले महिलाहरुलाई नेतृत्वदायी भूमिका सक्रिय बनाउन र आफ्नो आवाज बुलन्द बनाउन नयाँ कमिटीले उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।

अनेम संघकी जिल्ला सचिव बसुन्धरा र्घर्तीको अध्यक्षतामा आयोजि भेलामा नेकपा एमाले जिल्ला कमिटीका कार्यवहाक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा एमाले कार्यालय सचिव राजेश्वर ढकाल, सचिवालय सदस्य हरिराज कंडेल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए। यस्तै, नगर सचिव र्घर्तीले व्यास नगर कमिटीका पदाधिकारीहरुले केही समयमा व्यासका प्रत्येक वडामा नयाँ वडा कमिटी गठन गर्ने जानकारी गराइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker