नेकपा माओवादी बन्दिपुर गाउँ कमिटी इन्चार्जमा थापा
भञ्ज्याङ न्यूज

नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँ कमिटीले पूर्णता पाएको छ । गाउँ कमिटीको आइतबार बसको बैठकले गाउँ कमिटीको इन्चार्जमा पूर्णसिं थापालाई चयन गरेको छ । थापा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
गाउँ कमिटीको अध्यक्षमा लोक बहादुर बानियाँ (शंकर), उपाध्यक्षमा ध्रुवप्रसाद लामिछाने, सुरेश लामिछाने र अरविन्द्र भट्टराइ, सचिवमा सुदिप पोख्रेल, सहसचिवमा नारायण केसी, कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् ।









