स्थानीय निर्वाचन : तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका छन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसबाट बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बन्नुभएको छ । विसं २०७४ को निर्वाचनमा उहाँ व्यासको प्रमुखमा निर्वाचित हुनुभएको थियो । व्यासको उपप्रमुखमा निर्वाचित मीरा जोशीले भने यसपटक टिकट पाउनुभएन । व्यासको उपप्रमुखमा कांग्रेसले इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बन्नुभएको छ । गत निर्वाचनमा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

आँबुखैरेनीको अध्यक्षमा कांग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बन्नुभएको छ । गत निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भने टिकट पाउनुभएन । आँबुखैरेनीको उपाध्यक्षमा कांग्रेसबाट पवित्रा गौलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिनुभएको छ । उहाँहरु दुवै जना गत निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

म्याग्देको अध्यक्षमा कांग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिनुभएको छ । उहाँहरूले पनि गत निर्वाचनमा जित हासिल गर्नुभएको थियो । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिनुभएको छ । एमालेबाट भिमादको प्रमुखमा निर्वाचित मेखबहादुर थापाले यसपटक टिकट पाउनुभएन । भिमादको प्रमुखमा एमालेले दधिराज सुवेदीलाई उम्मेदवार बनाएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिनुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker