कांग्रेस आँबुखैरेनीका सभापति पन्त सहितका नेताद्वारा पार्टी परित्याग

भञ्ज्याङ न्यूज

नेपाली काँग्रेसका तनहुँका जिल्ला कार्यसमिति सदस्य केशवनाथ खनाल र आवुँखैरेनी गाउँ कार्यसमितिका सभापती विष्णुबहादुर पन्तले नेपाली काँग्रेस परित्याग गरेका छन् । शुक्रबार आवुँखैरेनीमा पत्रकार सम्मेलन गरी उनीहरुले काँग्रेस त्यागेको घोषणा गरेका हुन् ।

तनहुँ १ मा उपचुनाव नजिकिँदै गर्दा जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेपछि काँग्रेस तनहुँलाई ठुलो धक्का लागेको छ । पार्टी परित्याग गर्ने दुबै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् । पत्रकार सम्मेलनमा उनीहरुले पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् ।

पन्त उपचुनावमा टिकटका आकांक्षी थिए। तर पार्टीले गोविन्द भट्टराइलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए । यसअघि नै भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसी सहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए ।

नेपाली कांग्रेस परित्याग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद डा. स्वर्णिम वाग्ले पनि तनहुँ १ मा उम्मेदवार बन्ने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker