निजामति सेवा विदसमा तनहुँमा २२ कर्मचारी सम्मानित
भञ्ज्याङ न्यूज

निजामति सेवा दिवसको अवसरमा तनहुँका सेवानिवृत्त २२ जना कर्मचारीलाई सम्मान गरिएको छ । निजामति सेवा दिवसका अवसरमा निजामति सेवा दिवस मूल समारोह समितिले सेवानिवृत्त कर्मचारीलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विभिन्न स्थानीय तहबाट सेवा अवकाश पाएका व्यक्तिहरुलाई सम्मान गर्दै निजामती तथा विभिन्न क्षेत्रका कर्मचारीले राष्ट्रको आधार निर्माणमा भूमिका खेलेको बताए ।
कार्यक्रममा विभिन्न पेशागत संगठनका पदाधिकारी, जिल्ला समन्वय अधिकारी, विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । सम्मानितहरुले लामो समय सेवा गर्न पाएको भन्दै जागिरे जीवन स्मरण गरेका थिए ।
दिवसका अवसरमा परिसम्वाद, वृक्षारोपण, सेवाग्राहीलाई सम्मान लगायतका तीन दिने कार्यक्रम गरिएको थियो।










