आँबुखैरेनीमा बस र सुमो ठोक्किदा ३ को मृत्यु, १० जना घाइते

भञ्ज्याङन्युज

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा आइतबार दिउँसो दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा १ जना महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट आबुखैरेनी तर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ग३च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका १३ जना यात्रुहरुलाई प्रहरीद्वारा उद्दार गरी स्थानिय हाडजोर्नि अस्पताल पठाइएकोमा ९ जनालाई थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो ।

रिफर गरी चितवन पठाइएकोमध्ये ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु भएकाको नाम खुलेको छैन । घाइतेमध्ये अन्य १० जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा आँबुखैरेनी-४ की २८ वर्षीय देवीका थापा मगर, आबुखैरेनी-३ की ३३ वर्षीय हिरा बसेल, गोरखा गण्डकी गा.पा.-१ की ३८ वर्षीय डिनमाया नेपाली, शुक्लागण्डकी न.पा. का ८० वर्षीय दामोदर पुरी, शुक्लागण्डकी का ३३ वर्षीय जितेन्द्र शाही, पोखरा म.न.पा. का ५२ वर्षीय राम शाही, आँबुखैरेनी ग.पा. की १८ वर्षीय आरती खवास, आँबुखैरेनी गा.पा. की ५२ वर्षीय गोमा शाही, आँबुखैरेनी गा.पा. की ४१ वर्षीय दिनु शाही र आँबुखैरनी गा.पा. की ५२ वर्षीय ज्ञानु शाही, नाम, थर, वतन नखुलेको अन्दाजी ३२/३३ वर्षकी महिला, अन्दाजी ६० वर्षका पुरुष, अन्दाजी ५० वर्षका पुरुष घाइते भएका हुन्।

टाटासुमोको चालक घाइते भई उपचारको लागि पठाइएको र बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker