इप्रका आँवुखैरेनीका इन्स्पेक्टर सुवेदी गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी

तनहुँ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदी भदौ महिनाको गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीद्वारा उत्कृष्ट प्रहरी (पुलिस अफ दी मन्थ)का रुपमा उनलाई पुरस्कृत गरेका हुन् ।
इन्स्पेक्टर सुवेदीले भोटेकोशी बाढीपछि ३८ वटा शव निकाल्ने कामको सफल कमाण्ड सम्हालेका थिए । उनले फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेका कारण पुलिस अफ दी मन्थ घोषणा गरिएको डीआईजी घर्तीद्वारा हस्ताक्षरित प्रमाणपत्रमा उल्लेख छ ।
२०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका इन्स्पेक्टर सुवेदीले धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको कमाण्ड गरिसकेका छन्। उनले जिल्ला प्रहरी कार्यालय सोलु, काठमाडौंस्थित प्रहरी वृत्त दरबारमार्ग, लैनचौर र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विभिन्न जिम्मेवार निर्वाह गरिसकेका छन् ।










