सडक सिमा भित्र रहेका दमौली बजारका घर भत्काउन नगरपालिकाको आग्रह
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले सडक सिमा भित्र रहेका दमौली बजारका घर भत्काउन अनुरोध गरेको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि व्यास नगरपालिकाले दमौली बजार क्षेत्रका घर भत्काउन आग्रह गरेको हो ।
यसअघि पनि पटक-पटक घर भत्काएर सहयोग गर्न आग्रह गरिएपनि प्रगति नदेखिएकाले नगरपालिकाले पुनः अनुरोध गरेको छ । डुम्रे, छिर्कने लगायतका ठाउँमा घर भत्काएर कामले गति लिएपनि दमौली बजारमा भने काम हुन सकेको छैन ।
नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारमा सहयोग पुर्याउन आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए । जिल्लाका अन्य ठाउँमा सडक विस्तारको कामले गति लिएपनि दमौली बजार क्षेत्रमा संरचना नहटाउँदा काम हुन सकेको छैन ।










