पाँच दिनदेखि गजौडेका सुरेश गुरुङ सम्पर्क विहिन
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-९ गजौडेका ५९ वर्षका सुरेश कुमार गुरुङ बिगत पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् ।
परिवारका अनुसार गत आइतबार साँझ ६ बजे घरबाट जंगलतर्फजान भनि गएकोमा फर्किएर आएका छैनन् ।
५.६ फिट उचाईका वर्ण गहुँगोरो, हरियो टिर्सट, खैरो पाईन्ट लगाएका गुरुङको मोबाइलमा समेत सर्म्पर्क नभएकार खोजतलास गर्द समेत कतै नभेटिएको परिवारले जनाएको छ । परिवारले उनको खोजतलासका लागि सहयोग गरिदिन सबैसंग अनुरोध गरेको छ ।










