क्यान तनहुँको साधारणसभा

भञ्ज्याङ न्यूज

कम्प्युटर एशोसिएसन महासंघ -क्यान) तनहुँले वाषिर्क साधारणसभा शनिबार सम्पन्न गरेको छ । उक्त साधारणसभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यावसायिक मर्यादा र जिम्मेवारीमा रहेर अगाडि बढ्न आग्रह गरे । उनले संस्थामा आवद्ध युवाहरुको सामाजिक क्षेत्रमा सकारात्मक योगदान रहेको चर्चा गर्दै सूचना प्रविधिको क्षेत्रमा क्यानसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

क्यानका केन्द्रीय सदस्य कृष्ण पौडेलले केन्द्रको तर्फाट गर्न सक्ने सबै सहयोगका लागि आफुले पुलको काम गर्ने बताए । क्यान महासंघका गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले प्रदेशभर नै क्यान तनहुँ उत्कृष्ट रहेको बताउँदै कोभिडका बेलामा पनि संस्थाले सामाजिक काम गर्न सफल भएको बताए । आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जिल्लामा नयाँ प्रविधि भित्र्याउन क्यानले पहल गर्ने बताए ।

क्यान तनहुँका अध्यक्ष टिकाराम पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास-२ का अध्यक्ष काशीराम श्रेष्ठ, वल्डलिंक दमौली शाखा प्रमुख मनोज मल्ल, संस्थाका उपाध्यक्ष विश्वप्रकाश भुषल, सचिव लालबहादुर थापा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा सचिव थापा र कोषध्यक्ष सुशीलकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker