विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिका विरुद्ध जाहेरी

विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिकाविरुद्ध पीडित पक्षले जाहेरी दिएका छिन् । जिल्लाको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल एवम् शिक्षिका ३४ वर्षीय शुस्मा श्रेष्ठविरुद्ध पीडितका अभिभावकले जाहेरी दिएको जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
कक्षा कोठामा होहल्ला गरेको भन्दै शिक्षिकाले कक्षा ४ मा अध्ययन गर्ने ४ जना विद्याथीको गालामा मंगलबार करिव १२ बजेतिर तातो पन्युले डामेकी थिइन् । ती मध्ये १० बर्षीय बालकलाई बढी घाउ लागेको छ । शिक्षिकालाई बुधबार पक्राउ गरी बालबालिका बिरुद्धको कसुरमा तनहुँ अदालतबाट आजैदेखि लागु हुने गरी ५ दिनको लागि म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।