तनहुँमा छ महिनामा ४३५ उद्योग दर्ता

भञ्ज्याङ समाचारदाता/दमौली

चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।

सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिनुभयो । तीमध्ये ३४ उत्पादनमूलक, दुइ सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उहाँको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरलेे भन्नुभयो, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षा बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुइ सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा दुइ हजार एक र ०७६/७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।

रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पूँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पूँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पूँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पूँजी भएको उद्योगले रु २० हजार एक सय, रु पाँच करोडसम्म पूँजी भएको उद्योगले रु ३० हजार एक सय र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker