तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा व्यवसाय दर्तामा छुट
भञ्ज्याङ समाचारदाता/आँवु

आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर कर संकलन गर्ने भएको छ । गाउँपालिकाले टोलमै पुगेर सम्पत्ति कर तथा मालपोत कर संकलन गर्न लागेको हो ।
गाउँपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय सूचीकरण, नवीकरण तथा सम्पत्ति/भूमिकर संकलन अभियान सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
सर्वसाधारणको सहजताका लागि टोलमै पुगेर सेवा दिन लागिएको उनले बताए । दर्ता अभियानमा सहभागी हुनेहरुका लागि नयाँ व्यवसाय दर्ता तथा नवीकरण गर्दा २० प्रतिशत छुट र हालसम्मको जरीवाना नलाग्ने गाउँपालिकाले जनाएको छ ।










