आदिकविमा विद्यार्थी गुणस्तर व्यवस्थापन सर्कल सम्बन्धी अभिमुखीकरण

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक गुणस्तर विकासका लागि विद्यार्थी गुणस्तर व्यवस्थापन सर्कल सम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
क्याम्पसमा आयोजित उक्त कार्यक्रममार्फत क्याम्पसले शैक्षिक क्रियाकलापलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन, विद्यार्थीको क्षमता विकास गर्न तथा अध्ययनप्रति उत्प्रेरणा जगाउनका लागि हरेक कक्षामा एसक्युएमसी गठन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
स्नातक तहका वार्षिक र सेमेस्टर प्रणाली अन्तर्गतका प्रत्येक कक्षामा एक संयोजक, एक छात्रा र एक सदस्य गरी तीन सदस्यीय सर्कल गठन गरिएको क्याम्पसको एसक्युएमसी निर्देशिकामा उल्लेख गरिएको छ। साथै क्याम्पसस्तरमा एक संयोजक र एक सहसंयोजक रहने व्यवस्था गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खालेले जानकारी गराए ।
सहायक क्याम्पस प्रमुख विश्वेश्वर तिमल्सेनाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र बिमल गिरी, व्यवस्थापन विभाग प्रमुख जनक काफ्ले, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल आदिकवि भानुभक्त क्याम्पस इकाइका अध्यक्ष राजन घिमिरे, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आले, सदस्यहरू तथा विभिन्न कक्षागत संयोजक र सदस्यहरूको सहभागिता रहेको थियो ।
सोही अवसरमा बसेको भेलाले वि.बी.एस प्रथम वर्षका विद्यार्थी रामभक्त रानाभाटलाई क्याम्पसको एसक्युएमसी संयोजक र बी.एड दोस्रो वर्ष (गणित समूह) की विद्यार्थी नम्रता श्रेष्ठलाई सह–संयोजकमा चयन गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker