तनहुँका ५१३ जनाले कोरोना भाइरसलाई जिते, संक्रमितको संख्या ७८६ पुग्यो

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँका ५१३ जनाले कोरोना भाइरस (कोभिड १९) लाई जितेर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्का अनुसार बुधबारसम्म जिल्लाका कुल संक्रमित मध्ये ५१३ जनाले कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्।

कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा हालसम्म ७८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा बुधबार मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ । गत जेठ १८ गते भारतबाट आएका नागरिकमा जिल्लामा पहिलो संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय जिल्लामा समुदायका नागरिकहरुमा संक्रमण देखिन थालेको छ ।

यस्तै, हाल जिल्लामा २६२ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १३९ जना होम आइसोलेसनमा छन् भने अन्य संक्रमित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र दुलेगौंडा, दमौली अस्पताल, बन्दीपुर अस्पताल लगायतका आइसोलेसनमा उपचाररत छन् । कोरोना संक्रमणबाट हालसम्म जिल्लामा ११ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको समन्यमा हालसम्म जिल्लाबा १० वटै स्थानीय तहबाट १० हजार २८४ जनाको स्वाब नमुना संकलन गरी गरेको परीक्षणमा ९ हजार ४७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker