कार्यकर्ता छाड्न माग गर्दै प्रशासनमा धर्ना

भञ्ज्याङ समाचारदाता/दमौली

सरकारसँग भएको तीन बुँदे सहमति पालनाको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तनहुँ प्रशासनमा धर्ना दिएको छ । तत्कालीन विद्रोही पक्षले सहमतिलाई पालना गर्दा पनि सरकारले आनाकानी गरिरहेको भन्दै देशभरिका प्रशासन कार्यालय अगाडि दबाब दिन धर्ना दिइएको नेकपा व्यास नगरका अध्यक्ष ओमबिक्रम पन्तले बताए ।

तीन बुँदे सहमतिमा पार्टीकै शब्दमा सबै नेता कार्यकर्ताको झुटा मुद्दा राज्यले खारेजी गर्ने बुँदा थियो । सहमति भएपछि राजनीतिक संकट समाधान हुने ठानिएको थियो । तर राज्यको तर्फबाट सहमति कार्यान्वयनमा चासो नदिएको भन्दै दबाब दिने उद्देश्यले धर्ना दिन आएको पन्तले बताए । धर्ना कार्यक्रम पछिको कोणसभामा नेकपाका सेक्रेटरी एटमले नेपालमा वैज्ञानिक व्यवस्था कि संसदीय ठिक भनेर जनमत संग्रह गरौँ भन्ने आफ्नो पार्टीको मान्यतालाई राज्यले गलत नजरले हेर्ने गरेको बताए । ‘सहमति गरेपछि जालझेल छलकपट गर्न पाइँदैन,’ एटमले भने ।

युवा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नेत्र थापा, महिला संगठनकि जिल्ला अध्यक्ष कल्पना रामदाम, युवा संगठनका विष्णुकुमार श्रेष्ठ, ब्यासनगर अध्यक्ष ओमबिक्रम पन्त, युवा संगठनका उपाध्यक्ष राजकुमार लामगादे लगायतका नेता तथा कार्यर्ताको उपस्थिति रहेको थियो । धर्नामा सहभागीले बैज्ञानिक समाजवाद जिन्दावाद !! एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सम्झौता खारेज गर ! तीन बुँदे सहमति कार्यान्वयन गर ! झुटा मुद्दा खारेज गर ! एकीकृत जनक्रान्ति जिन्दावाद ! जस्ता नारा लगाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker