गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो।
तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी  प्रदेशका ११ जिल्लामा रहेको जनसङ्ख्याको तथ्याङ्क सार्वजनिक गरेको हो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख  ६४ हजार  पाँच  सय ७८ छ । जस अन्तरगत पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार  पाँच सय ५१ अर्थात ४८.८७ प्रतिशत छ, भने  महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७  अर्थात ५१.१३ प्रतिशत रहेको छ ।
जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको सङ्ख्या ११ लाख ७० हजार आठ सय ३३ अर्थात ४७.४७ प्रतिशत छ भने महिलाको सङ्ख्या १२ लाख ९५ हजार पाँच सय ९४ अर्थात ५२.५३ प्रतिशत रहेको छ ।
जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या कास्कीमा छ लाख ५१ जना छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा पाँच हजार छ सय ५८ जना छ । जनधनत्वको हिसाबमा पनि कास्की जिल्लामा २९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा  बसोबास गर्छन् ।
पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसङ्ख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा  वार्षिक वृद्धिदर माइनस १.३९ प्रतिशत रहेको जानकारी दिनुभयो ।
लैङ्गिक अनुपातमा गण्डकी प्रद्ेशमा प्रति सय जना महिलामा पुरुषको सङ्ख्या ९०.३७ छ । लैङ्गिक अनुपातमा गण्डकी प्रदेशको मनाङ जिल्लामा एक सय जना महिलामा पुरुषको सङ्ख्या सबैभन्दा धेरै १२९.४४ छ । भने सबैभन्दा मक स्याङ्जा जिल्लामा एक सय महिलामा ८५. ५७ जना पुरुष छन् ।
दश वर्षको अवधिमा नेपालकमा सबैभन्दा कम जनसङ्ख्या वृद्धिदर र परिवर्तन गण्डकीमा ०.२५ प्रतिशतले भएको छ भने सबैभन्दा वढी वृद्धिदर लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशतले भएको छ ।
गण्डकी प्रदेश अन्तर्गत औषत परिवार सदस्य सङ्ख्या सबैभन्दा वढी नवलपुरमा ४.०३ जना र सबैभन्दा कम गोरखामा ३ं ४९ जना तथ्याङ्कले देखाएको छ । नेपालभरी परिवारमा अनुपस्थित जनसङ्ख्या अर्थात विदेशमा रहेका मानि २१ लाख ९० हजार पाँच सय ९२ जना छन् भने विस २०६८ को जनगणनामा विदेशमा हुने सङ्ख्या १९ लाख २१ हजार चार सय ९४ जना थियो । नेपालमा साक्षरता दर ७६.२ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशमा अपाङ्गता दर २.९ रहेको छ भने नेपालमा त्यो दर २.२ रहेको छ । आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरणअनुसार गण्डकी प्रदेशमा आर्थिक काममा सम्लग्न १३ लाख २० हजार एक सय ९४ जना रहेको र तीमध्ये धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ .६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा १२ं८ प्रतिशत र निर्माणमा ७ प्रतिशत र शिक्षामा ३.७ प्रतिशत र औद्योगिक उत्पादनमा ३.२ र अन्य सेवामा ३.२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
नतिजा सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नेपालबाट युवा जनशक्तिविदेश पलायन हुने क्रम वढिरहेकाले नेपालको युवा जनशक्तिलाई नेपालमा नै बस्ने वातावरण सरकारले बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।  राष्ट्रिय तथ्याङ्क केन्द्रीय कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्याङ्कले नतिजाले नेपालको जनसङ्ख्याको वस्तुस्थिति देखाएकाले सरकारले पनि जनताको हितमा काम गरेर विदेश पलायन हुने जनसङ्ख्या नेपालमा जै रोक्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सरका मुख्यमन्त्री कार्यालयका सचिव वद्री अधिकारीले नेपालको नेपालको शैक्षिक र दक्ष जनशक्ति नेपालमा नै राखेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा जिल्ला समन्वय समिति कास्की समन्वय अधिकारी नवराज बराल, तथ्याङ्क कार्यालय  प्रमुख जगुलाल बस्याललगायतले शैक्षि कर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker