तनुहँको भानु-७ स्थित थानीमाई मन्दिरमा ५५ फूलका डोली भित्रियो

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको भानु नगरपालिका-७ स्थित थानीमाई मन्दिरमा मंगलबार ५५ फूलको डोली भित्रिएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट भक्तजनले फूलको डोली चढाउने गर्दछन् । कात्तिकको दोस्रो मंगलबार ५५ फूलको डोली भित्रिएको मन्दिपुर संरक्षण समितिले जनाएको छ । डोलीसँगै करिब पाँच हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गरेको समितिका अध्यक्ष जीवन थापामगरले जानकारी गराए। सोमबार राति ७१ भक्तजनले जागराम बसी बत्ती समेत बालेका थिए ।

मन्दिरमा कात्तिकको पहिलो मंगलबार १८ फूलको डोली भित्र्याइएको थियो । विशेष गरी कात्तिक, मंसिर र माग महिनाको मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मंसिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौं लगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै भक्तजनको संख्या बढ्न थालेको थापाले बताए । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गरिन्छ ।

समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृंखलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट संकलित रु ६ लाखको लागतमा उक्त मन्दिर पुनःनिर्माण गरिएको छ । विसं १८२५ देखि सो मन्दिरमा पूजाअर्चना थालिएको स्थानीयवासी बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker