आँवुखैरेनीलाई अक्सिजन मेसिन सहयोग, चिकित्सक र अक्सिजन सहित २० वेडको आइसोलेशन तयारी अवस्थामा

भञ्ज्याङ न्यूज

तनहुँको आँवुखैरेनी गाउँपालिकालाई करुणा फाउण्डेशन नेपालले दुइ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ। वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन उपलब्ध गराइएको हो । कोरोना भाइरस संक्रमणको विषम् परिस्थितिमा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारमा सहज बनाउने उद्देश्यका साथ उक्त मेसिन उपलब्ध गराइएको वडा सदस्य केसीले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेललाई मेसिन हस्तानतरण गरिएको छ । आँबुखैरेनीमा अक्सिजन उत्पादन गर्ने मेसिनको आवश्यकता रहेको र सहयोग स्वरुप अक्सिजन मेसिन उपलब्ध गराएकोमा गाउँपालिकाको तर्फाट केसीलाई धन्यवाद व्यक्त गरिएको छ ।

यस्तै गाउँपालिकाले नागरिकलाई सहज रुपमा उपचार व्यवस्था मिलाउनका लागि एमबिबिस डक्टर, दुइ जना स्टाफ नर्स सहित २० बेड क्षमताको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।आइसोलेशनमा १७ वटा सिलिन्डर अक्सिजन, ३ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन समेत उपलब्ध रहेको उनले बताए । यस्तै गाउँपालिकामा २६ जना सक्रिय संक्रमित रहेकोमा सबै होम आइसोलेशनमा बसेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले नियमित रुपमा होम आइसोलेशनका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै पौष्टिक खानपिनको व्यवस्थापन, सरसफाई, औषधी उपचार तथा मनोबल उच्च बनाउन सहजिकरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker