रामकोट गाउँ

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा रहेका परम्परागत घर । मगर समुदायको बाहुल्यता रहेको यो गाउँलाई गाउँपालिकाले ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्दै घरबास (होमस्टे) कार्यक्रम प्रवर्द्धन गर्दै आएको छ । बन्दीपुरमा आएका अधिकांश आन्तरिक तथा वाह्य पर्यटक अहिले रामकोट पुग्न थालेका छन् । गाउँमा होमस्टे सञ्चालन भएपछि चुलोचौकामा सिमिति रहेका स्थानीय महिलाहरु पाहुनालाई स्वागत तथा स्थानीय खानाका परिकार खुवाएर आर्थिक उपार्जन गर्न थालेका छन् । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ










