प्रधानमन्त्री भएर देशको उन्नति गर्ने चाहना छ : नेता पौडेल

भञ्ज्याङ समाचारदाता/देवघाट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकारी प्रमुख भएर देशको उन्नति गर्ने चाहना रहेको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकाद्वारा विहीबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेर देश विकास गर्ने आफ्नो चाहना भएको बताए ।

उनले भने, ‘अहिले नेपालमा देखा परेका सङ्कटलाई हटाउन चाहन्छु । बलियो नेपाल बनाउन चाहन्छु, सुरक्षित नेपाल बनाएर सम्पन्न नेपाली बनाउन चाहन्छु ।’ देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारको जालोलाई तोड्ने एवं तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पौडेलको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले जनताको आकाङ्क्षा पूरा गर्न लाग्ने जनाउँदै विकास आयोजनका लागि बजेट अभाव नहुने प्रष्ट पारे । उनले भने, ‘देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाइने र यहाँ पर्यटनबाट समृद्धि सम्भव रहेको बताए । उनले भने, र्’पर्यटनको विकास भएपछि यहाँ होटल रेष्टुरा खुल्छ, रोजगारीको अवसर सिर्जना हुन्छ, यहाँका जनतालाई सहज हुन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker