प्रधानन्यायाधीशको राजिनामा माग्दै तनहुँ अदालतमा बारको धर्ना

भञ्ज्याङ न्यूज

न्यायपालिकाको विकृति, विसंगति, भष्ट्राचार विरुद्धको नेपाल बार एशोसिएशनको अभियान भन्ने नाराका साथ नेपाल बार एसोसिएशनको आव्हान तनहुँ वार इकाईले आइतबार बिहान १०:३० देखि ११:३० बजेसम्म जिल्ला अदालत तनहुँमा धर्ना दिएर बारको आन्दोलनमा समर्थन जनाएको छ ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधीशले राजिनामा देऊ भन्दै हातमा कालोपट्टी बाधेर कानुन व्यवसायीहरु धर्नामा बसेका थिए ।

नेपाल बार एशोसिएसन केन्द्रीय समितिको आव्हान बमोजिम तनहुँ बारका सदस्यहरुले अदालत परिसरमा धर्ना दिएर प्रधानन्यायधीशको राजिनामा माग गरेका छन् । बारले देशव्यापी आन्दोलन सुरु गरेको छ ।

नेपाल वार एशोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा डिएलका पूर्वकेन्द्रीय अध्यक्ष यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले लगायतले विवादित प्रधानन्यायधीशले राजिनामा दिनुपर्ने माग गरेका थिए ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप लागेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker