एमाले प्रवेश गरेका ८ जनालाई जिम्मेवारी प्रदान

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले प्रवेश गरेका आठ जनालाई नेकपा एमाले व्यास नगर कमिटीमा जिम्मेवारी दिइएको छ । व्यास नगर कमिटीको मंगलबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट पार्टी समायोजनमा आएका आठ जनालाई जिम्मेवारी दिएको हो ।

सबै जनालाई व्यास नगर कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउनेमा विजया गौतम, नारायणबहादुर कार्की, कृष्णबहादुर गुरुङ, भानु चापागाई, गङ्गा ढकाल, कल्याण अधिकारी, कर्णबहादुर गुरुङ र डिलबहादुर कोइराला छन् ।

नगर कमिटीका कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य श्रीराम कार्की, जिल्ला उपाध्यक्ष हरिराज कंडेल लगायत सहभागी थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker