पत्रकारिता अक्षयकोषलाई आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-२ निवासी सुनचाँदी व्यवसायी कृष्ण सुनारले राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले स्थापना गरेको पत्रकारिता अक्षयकोषमा ११ हजार एक सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष समेत रहेका सुनारले संघ अध्यक्ष एस.बि. नेपालीलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

संघले कम्तिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजबाट दलित समुदायका क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने लक्ष्य अनुरुप अक्षयकोष स्थापना गर्न लागेको बताइएको छ । अक्षयकोषका लागि तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक (बिकास))ले पनि ११ हजार २२३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् । कोषका लागि विभिन्न व्यक्तिल आर्थिक सहयोग उपलब्ध गराएको संघले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker