दुलेगौँडाको तीज गीत प्रतियोगितामा पोखराको राधा कृष्ण दिदीबहिनी समुह प्रथम

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ ले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा पोखरा–३२ लामेआहाल स्थित राधाकृष्ण दिदी बहिनीको समुह प्रथम भएको छ ।
तीजको अवसरमा दुलेगौंडामा शुक्रवार आयोजना गरिएको प्रतियोगितामा दुलेगौंडा आमा समुह द्धितीय भएको छ भने उन्नतीशिल आमा समुह दुलेगौंडा तृतीय र दिदी बहिनी आमा समुह साँखेले सान्त्वना स्थान हाँसिल गरेको छ । नृत्यतर्फ हरियाली आमा समुह ढोरफिर्दी र उत्कृष्ट भेषभुषातर्फ अरनिको बोर्डिङ स्कुल हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम भएसँगै राधाकृष्ण दिदी बहिनीको समुहले नगद २५ हजार, द्धितीय स्थान प्राप्त दुलेगौंडा आमा समुहले १५ हजार, उन्नतीशिल आमा समुहले १० हजार र सान्त्वना भएको दिदीबहिनी समुहले ३ हजार रुपैया साथमा प्रमाणपत्र पाएका छन् । प्रतियोगतामा सहभागी उत्कृष्ट नाँच र पोशाकलाई नगद २ हजार समेत प्रदान गरिएको थियो ।
हरितालिका तीज पर्वका अवसरमा हरेक बर्ष दुलेगौंडामा आयोजना गरिने तीज गीत प्रतियोगिताको निरन्तरताका रुपमा आयोजना गरिएको प्रतियोगितामा १२ समुहले सहभागीता जनाएका थिए ।
यसअघि शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रतियोगीताको उद्घाटन गर्दै यस प्रकारका कार्यक्रमले परमपरागत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ का सभापति प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल प्रसाद रिमाल लगायतले राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीलाई नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरेका थिए ।
उक्त प्रतियोगीतामा लोक दाहेरी गायीका पुजा पुरी, गायीका उर्मिला थापा मगरले सांगितिक प्रस्तुति दिएका थिए । स्थानीय प्रतिभा सृजना रानाले नृत्य र हरी खरेलले हाँस्यव्यङ्गय प्रस्तुति दिएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker