व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै 

दमौली : तनहुँको व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो ।
विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाले व्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए ।
पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक–१२ को  घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर, अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण सम्झौता भएको यो आगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker