तनहुँमा डेंगु संक्रमण बढ्दो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा डेंगु संक्रमण बढ्द गएको छ । पछिल्लो तथ्याङ्क अनुसार तनहुँमा ७३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका ७३२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै, डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेंगुबाट मृत्यु भएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेंगुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे । अधिकारीले डेंगु संक्रमण परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको बताए । गत वर्ष जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या एक सयभन्दा बढी थियो ।

लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए । डेंगुबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग र्सदछ । आजभोलि डेंगु ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुका लक्षण हुन् ।

चिकित्सकका अनुसार डेंगुबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झूलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker