शुक्लागण्डकीमा माओवादी केन्द्रको वडा अधिवेशन, सर्वसम्मत नेतृत्व

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा माओवादी केन्द्रको वडा अधिवेशन अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरिएको छ । शनिबारबाट शुरु भएको अधिवेशनले शुक्लागण्डकी नगरपालिका वडा नं १ मा धर्म नेपालीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा गङ्गा माया बि.क, सचिवमा किशोर घिमिरे, सहसचिवमा श्रीराम पन्थी र कोषाध्यक्षमा सुमित्रा पौडेल चयन भएका छन् ।

त्यस्तै वडा नं. २ को अध्यक्षमा शंकर पन्त, उपाध्यक्षमा सुमन सापकोटा, सचिवमा बिष्णु लम्साल, सह सचिवमा दिपक तिमिल्सिना, कोषाध्यक्षमा बिष्णुमाया रिमाल, वडा नं ३ को अध्यक्षमा दिपक सापकोटा, उपाध्यक्षमा रबि भणडारी, सचिवमा तिर्थराज गर्तौला, सहसचिवमा दल बहादुर राना र कोषअध्यक्षमा कृष्ण माया नेपाली, वडा नं ४ को अध्यक्षमा ओम कुमार श्रेष्ठ, उपाध्यक्षमा आरती शर्मा, सचिवमा अशोक गुरुङ, सहसचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु माया वाग्ले र वडा नं ५ मा मित्र बन्धु पौडेल अध्यक्षमा सर्वसम्मत भए । उपाध्यक्षमा लिला बहादुर भण्डारी, सचिवमा आरती सुवेदी, सहसचिवमा तारा खाँती, कोषाध्यक्षमा निर्मला श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी वडा नं ६ कामा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पदमराज बरालले पाएका छन् । उनी निर्बिरोध अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा जगन्नाथ न्यौपाने, सचिव हर्रि्रसाद पौडेल, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा खडक बहादुर गुरुङ मिलन चयन भए । वडा नं ७ को अध्यक्षमा मोतिराज गुरुङलाई चयन गरिएको छ । उपाध्यक्ष विष्णु बिक, सचिवमा कृष्ण पौडेल, सहसचिवमा धन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा दिपा श्रेष्ठ, वडा नं ८ को अध्यक्षमा चिरञ्जीवी सिग्देल, उपाध्यक्षमा पुर्ण बहादुर थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा बिपना थापा र कोषाध्यक्षमा लोक माया गुरुङ, वडा नं. ९ को अध्यक्षमा पोस बहादुर बिक, उपाध्यक्षमा हर्क बहादुर महत, सचिवमा राधा अधिकारी, सहसचिवमा र्सजुन लामिछाने र कोषाध्यक्षमा शंख कुमार गुरुङ चयन भएका छन् । त्यस्तै वडा नं १० मा राजेन्द्र क्षेत्री भट्टराइ अध्यक्षमा सर्वसम्वत चयन भएका छन् ।

उपाध्यक्षमा दुइ जना चयन छन् । जसमा नर बहादुर खत्री, दल बहादुर खत्री छन् । सचिवमा अबिनास पौडेल मिलन,सहसचिवमा रामचन्द्र आले र कोषाध्यक्षमा विष्णुमाया गुरुङ चयन भए । यस वडामा माओादीको पार्टी सदस्य ४०९ जना छन् । यसैगरी वडा नं. ११ मा नारायण सिग्देल अध्यक्षमा, नारायण दत्ता भट्टराइ उपाध्यक्षमा, खिमलाल भण्डारी -राजु) सचिवमा, रमेश गौतम सहसचिवमा र सुनमाया थापा कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै, वडा नं. १२ मा पुर्ण प्रसाद गुरुङ अध्यक्षमा निबिरोध चयन भएका छन् । उपाध्यक्ष पदमा तीनलाई चयन गरिएको छ । जसमा क्या । सोम बहादुर गुरुङ, रेम बहादुर गुरुङ र खुम प्रसाद गुरुङ, चयन भए । सचिवमा टुकबहादुर गुरुङ, सह सचिवमा नेत्र नारायण गौतम र कोषाध्यक्षमा हेमकला परियार चयन भएका छन् ।

यसअघि वडा नं. ५ को वडा सम्मेलनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला सहइन्चार्ज आशा कोइरालाले माओवादी जनताको सुख दुःखको पार्टी भएको बताउँदै पार्टीलाई थप सुदृढिकरण गरेर अगाडी बढाउनु पर्ने बताएकी थिइन् । नेता कोइरालाले नयाँ आउने पदाधिकारीले पार्टीलाई उर्जाका साथ थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गर्दै महिला, दलित तथा आदिवासी जनजाती एवं सर्वहारा वर्गको आवाज बोल्ने एक मात्र पार्टी माओवादी भएको दाबी गरिन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker