स्थानीय उत्पादन सहज रुपमा बिक्री वितरण गर्न आँबुखैरेनीमा हाटबजार सञ्चालन

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँवुखैरेनी गाउँपालिकाले हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका उत्पादनलाई सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउनका लागि गाउँपालिकाले हाटबजार सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको वडा नं. ३ स्थित अमिलीबोटमा सञ्चालन गरिएको हाटबजार प्रत्येक शुक्रबार लाग्ने गरी व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘यो हाटबजारले कृषकले उत्पादन गरेका सामग्री उपभोक्तामाझ पुर्‍याउन सघाउने विश्वास लिइएका छौ ।’

आँवुखैरेनी-३ अमिलीबोटमा सञ्चालनमा ल्याइएको हाटबजारमा बिक्री वितरणका लागि राखिएका स्थानीय कृषि उत्पादन । तस्विर : भञ्ज्याङ

कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाउने समस्या रहेकाले हाटबजारबाट विक्री गर्दा बजार र मूल्य दुबै पाउने अपेक्षा गरिएको उनले बताए । गाउँपालिकाले ६ वर्ष अघि नै उक्त स्थानमा हाटबजार सञ्चालनका लागि जग्गा भाडामा लिएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँपालिकाले सोही स्थानमा हाट बजार सञ्चालन गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।

उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गरेका छन् । सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउने विश्वास व्यक्त गरे ।

गाउँपालिका कार्यालयको करिब ४० लाख रुपैयाँ लागतमा वार्षिक दुइ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको गाउँपालिकाले जनाएको छ । हाट बजारमा कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारी लगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्रीवितरणका लागि व्यवस्था मिलाइएको छ ।

हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासी लगायतको कार्यसमिति गठन गरेर काम गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker